एसजे मोटोले पोखरामा खोल्यो ‘क्याफे एन्ड ग्यालरी’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

एसजे मोटोले पोखरामा खोल्यो ‘क्याफे एन्ड ग्यालरी’



काठमाडौं । एसजे मोटोले पोखरामा ‘क्याफे एन्ड ग्यालरी’ सञ्चालनमा ल्याएको छ । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै मोटरबाइक, कफी, संस्कृति र रमाइलोको संगमका रूपमा ‘क्याफे एन्ड ग्यालरी’ सञ्चालनमा ल्याएको जनाएको छ ।

पोखरा लेकसाइडमा सञ्चालनमा आएको ‘एसजे मोटो हिमालयल जाफा क्याफे’ ले मोटरबाइक र कफी पारखीलाई एक ठाउँमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

‘कफी संस्कृति र मोटरबाइकलाई एकै ठाउँमा जोड्न पाउँदा हामी औधी खुसी छौं,’ एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, ‘पोखरा पर्यटक र बाइकरका लागि गजबको ठाउँ हो र नयाँ लगानीका लागि पनि यो ठाउँ उत्कृष्ट हो ।’

क्याफे उद्घाटन कार्यक्रममा उल्लेख्य संख्यामा पाहुनाको उपस्थिति थियो ।

प्रकाशित : २ बैशाख २०८२, मंगलवार १८:१७