नयाँ बर्षको पहिलो कारोबार दिन बजार २७.१४ अंकले उकालाे लाग्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ बर्षको पहिलो कारोबार दिन बजार २७.१४ अंकले उकालाे लाग्याे



काठमाडौं । नयाँ बर्षको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा पुगेर बन्द भएको हो। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ।

आज २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। गत आइतबार छ अर्ब २८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३२० कम्पनीको दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज बाराही हाइड्रोपावर अग्र स्थानमा रहेको छ। सो कम्पनीको आज दुई अर्ब एक करोड २९ लाख ९३ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको ३६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

आज नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको सेयरमूल्य भने आज सर्वाधिक घटेको छ।

प्रकाशित : २ बैशाख २०८२, मंगलवार १५:३६