काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ८.८४ अंकले घटेर २६६१.०८ को विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.४० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक घटेको छ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ। आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ।
आज ३२२ कम्पनीको एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा छ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ। यस कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, एनआरएनको ४४ करोड ४६ लाख रुपैयाँ र राद्यी विद्युत कम्पनीको ४३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका हुन् ।
Comment