सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, प्रतिताेला कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, प्रतिताेला कति पुग्यो ?



काठमाडौं । पछिल्ला तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै आएको छ। आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो। गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ।

चाँदीको मुल्य तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित : 13 April, 2025 11:23 am