काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले यस पटक सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
साथै, सोही अनुसारको आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ।
कम्पनीको चुक्तापूँजी एक अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ छ।
Comment