वस्तु विनिमय बजार यथाशीघ्र संचालनमा ल्याउन उच्चस्तरीय आयोगकाे सुझाब, अन्य के-के छन् सुझाब ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वस्तु विनिमय बजार यथाशीघ्र संचालनमा ल्याउन उच्चस्तरीय आयोगकाे सुझाब, अन्य के-के छन् सुझाब ?



काठमाडौं । सरकारलाई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वस्तु विनिमय बजार यथाशीघ्र संचालनमा ल्याउन सुझाब दिएको छ । पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आयोगले शुक्रबार आफ्नो पूर्ण प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउँदै सेयर बजारका लागि वस्तुविनिमय बजार चाडोभन्दा चाडो ल्याउने र यसको लागी पब्लिक वेयरहाउचजिङ ऐन ल्याउनु पर्ने सुझाएको हो।

त्यस्तै, आयोगले नेप्सेको पुनसंरचना गरि निजी क्षेत्रलाई सहभागी गराउने, नेप्से कै पुनसंरचना गर्नुपर्ने, सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार हुने व्यवस्था तुरुन्त सुरु गर्नुेपर्ने, दोस्रो बजारमा गैर आवासिय नेपालीलाई कारोवार गनि अनुमति दिने, यसको लागी विदेशी लगानी तथा प्रवद्र्धन हस्तान्त्तरण ऐन २०७५ दफा ९ र १० पररमाजिन गरी गैर आवासिय नेपालीको हकमा पुजी लगानी कोष खडा नगरीकन व्यक्तिगत रुपमा गैर आवासिय नेपाली नागरिकता परिचय पत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गनृै, लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिद गनि भित्र्याएको रकमको एक वर्षमा दईु पटक पचास प्रतिशतसम्म रकम मात्र फिर्ता लैजान सक्ने व्यवस्था गर्ने लगाएतका सुझाव पनि सुझाब दिएको छ ।

आर्थिक सुधारमा जोड दिएको आयोगले लगानीको वातावरण बनाउन सीडीएस एण्ड क्लियरिङको पनि पुनसंरचना गरि नेप्से बाहेकका अन्य संस्थाहरुलाई पनि सेयर दिनुपर्ने उल्लेख गरेको छ । बुक बिल्डिंग र प्रिमियम आईपीओको पारदर्शितामा आयोगले प्रश्न उठाएको छ।

साथै, ठूलो स्तरको सेयर कारोवारमा लाग्ने कारोवार शुल्क कम गर्ने, जलविद्युत कम्पनीहरूलाई उत्पादन शुरु गरे पछिमात्र प्राथमिक निष्काशन गर्न सक्ने व्यवस्था गने लगाएतका सुझाब दिएको छ ।

प्रकाशित : २८ चैत्र २०८१, शुक्रबार १३:५८