काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय पिआइडिबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका खानेपानी वितरण सञ्जाल डिएमएका नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये यही चैत १८ गतेसम्ममा करिव ६८ हजार ६ सय ८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई यसअघि हस्तान्तरण गरिएका १४ वटा खानेपानी वितरण सञ्जाल र हाल हस्तान्तरणको तयारीमा रहेका थप ११ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन मार्फत खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये ८५ प्रतिशतभन्दा बढी घरमा खानेपानीका नयाँ मिटर जडान गरिसकिएको छ।
यी खानेपानी सञ्जाल अन्तर्गत मिटर जडान हुन बाँकी घरहरू सहित हाल हस्तान्तरणको चरणमा रहेका ११ वटा र हस्तान्तरण हुन बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनबाट खानेपानी वितरण हुँदै आएका घरहरूमा समेत निःशुल्क रूपमा खानेपानीका नयाँ मिटिर जडान गर्ने कार्य जारी रहेको छ ।
यस्तै, नमूनाका रूपमा काठमाडौंका चःमती क्षेत्रमा ३ सय ७० र अनामनगर क्षेत्रमा ४ सय ६७ गरी जम्मा ८ सय ३७ घरमा खानेपानीका स्मार्ट मिटर निःशुल्क रूपमा जडान गरिएको छ । यसरी जडान गरिएका स्मार्ट मिटरहरूको रिडिङ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरी शाखामा रहेको केन्द्रीय नियन्त्रण कक्षबाट अत्याधुनिक एससिडिए प्रणाली मार्फत गर्न थालिएको छ ।
यसैगरी, अन्तिम परीक्षण लगायतका कार्य सम्पन्न गरिएका थप ११ वटा खानेपानी वितरण सञ्जालका करिव ३ सय ७७ किलोमिटर पाइपलाइनको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
यसपश्चात् बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका करिव २ सय ५३ किलोमिटर पाइपलाइनको स्वामित्व पनि छिट्टै नै बोर्डलाई हस्तान्तरण गर्ने गरी अन्तिम परीक्षण लगायतका कार्यलाई तीब्रता दिइएको छ ।
यसअघि, दुईपटकमा गरी विभिन्न १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा ३ सय ५० किलोमिटर नयाँ पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।
काठमाडौं उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९ सय ८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल तयार भएको छ । ६८ हजार ६ सय ८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई यसअघि हस्तान्तरण गरिएका १४ वटा खानेपानी वितरण सञ्जाल र हाल हस्तान्तरणको तयारीमा रहेका थप ११ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन मार्फत खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये ८५ प्रतिशतभन्दा बढी घरमा खानेपानीका नयाँ मिटर जडान गरिसकिएको छ।
यी खानेपानी सञ्जाल अन्तर्गत मिटर जडान हुन बाँकी घरहरू सहित हाल हस्तान्तरणको चरणमा रहेका ११ वटा र हस्तान्तरण हुन बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनबाट खानेपानी वितरण हुँदै आएका घरहरूमा समेत निःशुल्क रूपमा खानेपानीका नयाँ मिटिर जडान गर्ने कार्य जारी रहेको छ ।
यस्तै, नमूनाका रूपमा काठमाडौंका चःमती क्षेत्रमा ३ सय ७० र अनामनगर क्षेत्रमा ४ सय ६७ गरी जम्मा ८ सय ३७ घरमा खानेपानीका स्मार्ट मिटर निःशुल्क रूपमा जडान गरिएको छ । यसरी जडान गरिएका स्मार्ट मिटरहरूको रिडिङ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरी शाखामा रहेको केन्द्रीय नियन्त्रण कक्षबाट अत्याधुनिक एससिडिए प्रणाली मार्फत गर्न थालिएको छ ।
यसैगरी, अन्तिम परीक्षण लगायतका कार्य सम्पन्न गरिएका थप ११ वटा खानेपानी वितरण सञ्जालका करिव ३ सय ७७ किलोमिटर पाइपलाइनको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
यसपश्चात् बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका करिव २ सय ५३ किलोमिटर पाइपलाइनको स्वामित्व पनि छिट्टै नै बोर्डलाई हस्तान्तरण गर्ने गरी अन्तिम परीक्षण लगायतका कार्यलाई तीब्रता दिइएको छ ।
यसअघि, दुईपटकमा गरी विभिन्न १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा ३ सय ५० किलोमिटर नयाँ पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।
काठमाडौं उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९ सय ८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल तयार भएको छ ।
Comment