काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ५.५७ अंक घटेर २६७०.७० विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। बुधबार करिब साढे चार अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज ३२१ कम्पनीको पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको एक करोड १३ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३० करोडभन्दा बढीको सेयर किनबेच भएको छ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य भने आज सर्वाधिक घटेको छ।





Comment