पियोर इनर्जीको आईपीओ निष्काशन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पियोर इनर्जीको आईपीओ निष्काशन, कति दिने आवेदन ?



काठमाडौं । पियोर इनर्जी कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो।

यसअघि कम्पनीले स्थानीयलाई एक लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि एक लाख ४४ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ ।

सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद वैशाख २ गते तोकिएको छ। तर सो अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद वैशाख ११ गतेसम्म लम्बिने छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले लिएको छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित : २७ चैत्र २०८१, बिहीबार ११:३८