काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो।
हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो । सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।
संस्थाले तोकिएको यस म्याद भित्र संस्थापक सेयरधनीबाट सो सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गरिने संस्थाको भनाई छ ।





Comment