नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा जीवन विकास लघुवित्त, कालिका लघुवित्त, नगारिक लगानी कोष र राधि विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बापतको १८ लाख ८६ हजार ५२६.४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, कालिका लघुवित्तको ९.५० प्रतिशत बोनस बापतको तीन लाख ५३ हजार ७०५.६५२५ कित्ता, नगारिक लगानी कोषको ७ प्रतिशत बोनस बापतको ४२ लाख ४० हजार ३७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साथै, राधि विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको आठ लाख ३३ हजार ९०४.७० कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै अब यी कम्पनीको बोनस सेयरहरु मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रकाशित : 7 April, 2025 5:58 pm