ट्रेड टावरले पायो आईपीओ निष्काशनकाे अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ट्रेड टावरले पायो आईपीओ निष्काशनकाे अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ट्रेड टावरले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्डले आज चैत २५ ट्रेड टावरलाई आइपीओ ल्याउन अनुमति दिएको हो।

योसँगै अब कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीले २०७९ असार १४ गते बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको थियो । अन्य समूह अन्तर्गत आवेदन दिएको ३२ महिना पछि कम्पनीले आईपीओ निष्काशनको स्वीकृति पाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ । कम्पनीले ३९ करोड ७१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । ट्रेड टावरको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रकाशित : 7 April, 2025 5:39 pm