काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
सो प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते साधारण सभा बोलाउने भएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुकक्लोज गर्ने भएको छ। यसर्थ चैत २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।









Comment