अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको निधन



काठमाडौं । अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) का अध्यक्ष अनन्त पौडेलको निधन भएको छ। दीर्घकालीन राेग मृगौला समस्याबाट गुज्रिरहेका पौडेलको बिहीबार बिहान उनकै निवासमा निधन भएको हो।

उनको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गर्ने तयारी भइरहेको छ। मृगौलामा समस्या देखिएपछि भारतमा मृगौला प्रत्यारोपण गरिए पनि सफल हुन नसक्दा उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। पौडेल सेयर बजारमा राम्रो छवि भएका ब्रोकरका रुपमा परिचित थिए।

प्रकाशित : १३ चैत्र २०८१, बिहीबार १८:२५