काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४१. अंकले बढेर २६६३.५४ को विन्दुमा उक्लिएको छ। आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।
आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ७ लाख रुपैयाँ र एनआरएनको २५ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् ।
Comment