काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ विन्दुमा बन्द भएको हो।
आज जम्मा २३१ वटा कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १२ वटा कम्पनीको मूल्य घटेको छ।
आज बजार बढे पनि कारोबार रकम भने घटेको छ। ३१७ कम्पनीको आज कूल ९१ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यो दिन नेप्से उपसमूहमा १३ वटै समूहमा हरियाली छाएको छ। आज अन्य समूह सर्वाधिक २.२८ प्रतिशतले बढेको छ।
आजको दिन सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ। सो कम्पनीको मात्र ४१ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफको २२ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा राप्ती हाइड्रो, बुद्ध भुमि नेपाल र आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीहरु रहेका छन् । आज सबैभन्दा धेरै गुमाउनेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्।
Comment