काठमाडौं । कोशी प्रदेशको इटहरीस्थित मुख्य चौकमै रहेको एक व्यवसायिक भवनमा आगलागी भएको छ । सो आगलागीमा परी केही मानिसहरु फसेका र उनीहरुको उद्धार कार्य समेत भइरहेको प्रहरीले जनाएको छ।
इटहरीको मुख्य चौकमै रहेको सेन्ट्रल प्लाजामा बिहान ९ः३० बजेदेखि आगलागी भएको हो ।
१० तलाको सो भवनको पाँचौ तलामा एक्कासी आगलागी भएको बताइएको छ । घटनालगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले उद्धार टोली परिचालन गरी भवनमै फसेकाहरुको उद्धार गरिरहेका छन् ।
स्थानीय सञ्चारकर्मीहरुका अनुसार सो भवनको सातौं, आठौं र नवौं तलामा बरण्डा होटल सञ्चालनमा छ । त्यहाँ क्यूएफएक्स मुभी थिएटर लगायत पनि सञ्चालनमा थिए । भवनबाट ११ जनाको उद्धार भइसके पनि अझै बाँकी रहेका वा नरहेका यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ।
बिहानको समय भएकोले अन्य पसलहहरुमा भने अपरान्ह र बेलुकाको जस्तो मानिसहरु थिएनन् । सशस्त्र प्रहरीले डोरीको सहायताबाट भवनमा फसेका ५ जनाको उद्धार गरिसकेको छ । थप मानिसहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । हालसम्म ११ जनाको उद्धार भइसकेको छ ।
Comment