काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। मंगलबार नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोको कुल ९७ लाख ८ हजार ७०८.८७ कित्ता बोनस सेयर सूचिकृत भएको हो।
सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत बोनस सेयर वापत १२ लाख ५२ हजार ८४४.१७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर वापत ७९ लाख ८३ हजार ९९७.२० कित्ता सेयर सूचिकृत भएको हो । सुपर मादी हाइड्रोपावरको ७ प्रतिशत बोनस वापत तीन लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको हो भने कुथेली बुखरी स्मल हाइड्रोको १० प्रतिशत बोनस सेयर वापत एक लाख २१ हजार ८६७.५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।





Comment