काठमाडौं । मंगलबार सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ को विन्दुमा पुगेर बन्द भएको छ ।
आज ४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २४० कम्पनीको सेयर मूल्य घटेको छ । आज ३२५ कम्पनीको एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोको १७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । नेप्सेमा रहेका १३ वटै उपसमूहमा आज रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक ३.४१ प्रतिशतले घटेको छ।
Comment