काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आज मंगलबार बाँडफाँड भएको छ। यसमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो आइपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो ।
रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
आइपीओ बाँडफाँटको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नितिजा हेर्न सकिन्छ भने मेरोसेयर एपमार्फत पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।
Comment