प्राइम बैंकमा गाभिएका बिराटलक्ष्मी र कन्ट्रीको ‘चमत्कारिक’ प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम बैंकमा गाभिएका बिराटलक्ष्मी र कन्ट्रीको ‘चमत्कारिक’ प्रगति



प्राइम बैंकमा गाभिएका बिराटलक्ष्मी र कन्ट्री डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेका छन्। हेरै दुइ बैकको अबस्था 

बिराटलक्ष्मी बिकास बैंक

बिराट लक्ष्मी बिकास बैंकले यस अवधिमा कमाई ४ करोड ७४ लाखबाट बढाएर ९ करोड २२ लाख रुपैयाँ पुर्याएको छ। यस अवधिमा बिराटलक्ष्मीले संचालन तथा खुद ब्याज आम्दानी तर्फ ‘चमत्कारिक’ प्रगति गरको वित्तीय विवरण प्रस्तुत गरेको छ।

समिक्षा अवधिमा ५० करोड ४० लाख रुपैया चुक्ता पुंजी रहेको बिराटलक्ष्मीको जगेडा कोष रकम १८ करोड ९६ लाख पुगेको छ । यस अवधिमा बैंकले ४ अर्ब ६७ करोड निक्षेप संकलन गरि ३ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको छ। उसले सम्भावित जोखिममा लागि २ करोड ३२ लाख् रुपैयाँ छुट्याएको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा २ दशमलब ७३ प्रतिशतबाट घटेर १ दशमलब ३५ प्रतिशतमा झरेको छ।

यस अवधिमा बिराटलक्ष्मीको प्रतिसयेर आम्दानी २४ रुपैँया ४० पैसा, प्रतिसेयर नेटवर्थ १३७ रुपैँया ६३ पैसा, मूल्य आम्दानीको अनुपात १६ दशमलब ९२ गुणा र कर्जा निक्षेप अनुपात ३२ दशमलब ०९ प्रतिशत रहेको छ ।

कन्ट्री डेभलपमेन्ट बैंक

कन्ट्री डेभलपमेन्ट बैंकले यस अवधिमा कमाईमा चमत्कार देखाएको छ। गत आर्थिक बर्षको यस अवधिमा ८६ लाख रुपैयाँ मात्र कमाई गरेको बैंकले यस अवधिमा ३ करोड ३० लाख खुद मुनाफा आर्जन गरेको छ।

बैंकले यस अवधिमा खुद ब्याज तथा संचालन आम्दानि तर्फ ब्यापक सुधार गरेको छ। जस कारण यस अवधीमा कन्ट्रीको कमाई करिब ४ गुणाले बढेको छ। यस अवधिमा बैंकले १ अर्ब २७ करोड निक्षेप संकलन गरि १ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ। जसबाट उसले ७ करोड खुद ब्याज आम्दानी गरेको छ।

समिक्षा अवधिमा बैंकको चुक्ता पुंजी ३८ करोड ७० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ७ करोड ४५ लाख पुगेको छ। सम्भावित जोखिमका लागि बैंकले ९३ लाख रुपैयाँ छुट्याएको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा ९ दशमलब ९२ प्रतिशतबाट घटेर ३ दशमलब ४२ प्रतिशतमा झरेको छ। यस अवधिमा बैंकको प्रतिसयेर आम्दानी ११.३७ रुपैँया, प्रतिसयेर नेटवर्थ १२९.३३ रुपैँया रहेको छ।

तेस्रो त्रैमासमा उल्लेख्य प्रगती गरेको वित्तीय बिबरण प्रस्तुत गरेका यी दुवै बिकास बैंकलाई गाभेर प्राइम बैंकले बैशाख १७ देखि एकीकृत कारोबार थाल्दै छ। प्राइम बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण भए सार्वजनिक हुन बाँकी छ।

प्रकाशित : 26 April, 2017 9:36 am