काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब आठ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले एक करोड ३४ लाख ४६ हजार ७९२ वटा बीमा पोलिसी बिक्री गरी उक्त बीमाशुल्क संकलन गरेको हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २९ अर्ब ३९ करोड कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले १३ अर्ब ६२ करोड कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपालले १२ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तैगरी, हिमालयन लाइफले ११ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले छ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले पाँच अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले चार अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले चार अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सानिमा रिलायन्स लाइफले चार अर्ब २९ करोड रुपैयाँ, मेट लाइफले तीन अर्ब ८८ करोड रुपैयाँ, आइएमई लाइफले तीन अर्ब २८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले तीन अर्ब १९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले तीन अर्ब १७ करोड रुपैयाँ र सन नेपाल लाइफले दुई अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
Comment