सेयर बजार ३०.५२ अंकले उकालाे लाग्याे, चार अर्ब ४८ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ३०.५२ अंकले उकालाे लाग्याे, चार अर्ब ४८ करोडकाे काराेबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ३०.५२ अंकले बढेर २६४५.२० को विन्दुमा कायम भएको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ अंक बढेको छ।

आज ३२६ कम्पनीको सेयर मूल्य बढ्दा, ३३ कम्पनीको सेयर मूल्य घटेको छ । ३१८ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा आज चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैंया बराबरको सेयर कारोबार भएको छ ।

आज नेप्सेको सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक १२.३४ अंक, विकास बैंक ४३.१५, वित्त ९३.१७, होटल ७४.४९, जलविद्युत ३४.७१, जीवन बिमा २१५.२१, उत्पादन तथा प्रशोधन ५७.०८ निर्जीबन बिमा ७४.४७, अन्य ४४.७३, ट्रेडिङ ६२.८१ र माइक्रोफाइनान्स समूहको उपसूचक ४३.४३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ, पोखरा फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । धेरै गुमाउनेमा अपर हेवाखोला हाइड्रोपावर रहेको छ।

प्रकाशित : १० चैत्र २०८१, सोमबार १५:१८