राष्ट्रिय जीवन बीमा कम्पनीले डाक्यो साधारणसभा, के–के छन् एजेन्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

राष्ट्रिय जीवन बीमा कम्पनीले डाक्यो साधारणसभा, के–के छन् एजेन्डा ?



काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले पहिलो पटक साधारणसभा गरेको डाकेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले सभा आगामी वैशाख ३ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले सञ्चालक समितिका अध्यक्षको वार्षिक प्रतिवेदनका साथै आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्नेछ।

प्रकाशित : १० चैत्र २०८१, सोमबार १०:३५