काठमाडौं । नेपाल नयाँ वर्ष २०८२ को अवसरमा, डेल्टा अटोकोर्पले ग्राहकहरूको लागि “खुसीयाली साटा-साट” योजना ल्याएको छ । जसले भेस्पारअप्रिला स्कुटर खरिदमा विशेष छुट, सजिलो किस्ता सुविधा तथा आकर्षक उपहारहरू प्रदान गर्दैछ।
यस अफर अन्तर्गत ग्राहकहरूले स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् । केवल ४.९९५ मा सवैभन्दा सस्तो ब्याजदरमा ईएमआई सुविधा र स्कुटर एक्सचेन्ज गर्दा १० हजार बराबरको अतिरिक्त मूल्यांकन पाउनेछन् ।
त्यस्तै, हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र कीरिङ समेत प्राप्त गर्नेछन्। साथै, छिटो र सजिलो फाइनान्स योजना पनि हुलास फिनसर्भ लिमिटेडमार्फत उपलब्ध गराइएको छ।
क्लासिक शैलीको प्रेमीका लागि वेस्पा होस् या स्पोर्टी लुक चाहनेका लागि एप्रिलिया “खुसीयाली साटा(साट” योजनाले नयाँ वर्षलाई अझै रोमाञ्चक बनाउनेछ।
Comment