सेयर बजारमा उच्च अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा उच्च अंककाे गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आज बजार ५३.०४ अंकले घटेर २६१६.२६ को विन्दुमा झरेको हो । आज सेन्सेटिभ इण्डेक्स ८.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७२ अंक घटेको छ।

आज १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३० कम्पनीको सेयर मूल्य घटेको छ । आज ३१७ कम्पनीको एक करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर किनबेच हुँदा छ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै कुथेली बुखरी, एनएबी ५० का इकाईधनी र आइसीएफसी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । त्यस्तै, सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ४२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, एनआरएनको ३५ करोड ९९लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : ९ चैत्र २०८१, आईतवार १५:२३