बीमा प्राधिकरण अध्यक्षलाई इमानको सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा प्राधिकरण अध्यक्षलाई इमानको सम्मान



काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी अध्यक्ष शरद ओझालाई आर्थिक मिडियाहरुको छाता संस्था इमोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले स्वागत तथा सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच इमानले सम्मान पत्रसहित अध्यक्ष ओझालाई सम्मान गरेको हो ।

बीमा क्षेत्रकै नियामक निकायको नेतृत्वमा पुगेका ओझा पूर्वआर्थिक पत्रकार हुन् । आर्थिक पत्रकारितमा सकृय रहेका ओझालाई नेपाल सरकारले बीमा क्षेत्रको नियामक निकायको नेतृत्व सुम्पिएको थियो ।

लामो समय आर्थिक पत्रकारितामार्फत योगदान गरेर हाल नियामक निकायको नेृतृत्वमा पुग्नु आर्थिक पत्रकारहरुका लागि खुसीको कुरा भएकाले सम्मान गरिएको इमान अध्यक्ष रोयल आचार्यले बताए ।

ओझाले आफूलाई सम्मान गरेकोमा इमानलाई धन्यबाद दिदै बीमा क्षेत्रलाई थप वलियो बनाउन, बीमाको पहुँच बढाउन आफ्नो भूमिका रहने बताएका छन् । आचार्यले बीमा क्षेत्रलाई फराकिलो र दिगो विकासको प्राधिकरणले धेरै काम गर्न बाँकी रहेको पनि बताए ।

प्रकाशित : ९ चैत्र २०८१, आईतवार १२:४२