नेपाल बैंकर्स संघ बागमती प्रदेश समितिले विभिन्न कार्यक्रम गरि मनायो ग्लोबल मनि विक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

नेपाल बैंकर्स संघ बागमती प्रदेश समितिले विभिन्न कार्यक्रम गरि मनायो ग्लोबल मनि विक

काठमाडौं । नेपाल बैंकर्स संघ बागमती प्रदेश (चितवन) समितिले हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनि विक– २०२५ विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

यसै सन्दर्भमा उक्त कार्यक्रममा क, ख, ग वर्गका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्य सहित बृहत र्‍याली आयेजना गरिएको छ । यसका साथै वित्तीय साक्षरताको प्रबद्र्धन र पहुँच विस्तार सँगै वित्तीय सेवाका आधारभूत पक्षवारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिएको थियो ।

बढ्दो डिजिटल प्रविधिको प्रयोग, त्यसले निम्ताएको चुनौतीको सामना गर्नको साथै अहिलेको युवा पुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने गरेका छन् ।

कोअपरेसन एन्ड डेभलपमन्टको संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओईसीडीले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०८१, शुक्रबार १८:१६ 21 March, 2025 6:16 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।