नेप्सेमा एक करोड ७४ लाख कित्ता बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा एक करोड ७४ लाख कित्ता बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। बिहीबार नेप्सेमा सनराइज बैंक, विन्ध्यवासिनी हाइड्रोपावर र साना किसान विकास लघुवित्तको कुल एक करोड ७४ लाख ५४ हजार ५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

लक्ष्मी सनराइज बैंकको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत दरका कुल एक करोड १५ लाख ९३ हजार ५७७ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरको ७.६० प्रतिशत दरका कुल ७ लाख ९८ हजार कित्ता र साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत दरका कुल ५० लाख ६२ हजार ४७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

योसँगै उक्त सेयर आइतबारदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित : ६ चैत्र २०८१, बिहीबार १६:४४