नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ । आज सेयर बजार १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा पुगेर बन्द भएको हो।

आज ३१२ कम्पनीको ९५ करोड ९९ लाख ३४३ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनी, एशियन हाइड्रोपावर र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : ६ चैत्र २०८१, बिहीबार १५:२८