काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारमा सेयरको अन्तिम कारोबार मूल्यसम्बन्धी नयाँ नियम कार्यान्वयनमा ल्याउने भएको छ। नेप्से सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले अन्तिम कारोबार मूल्यसम्बन्धी नयाँ नियम कार्यान्वयन गर्ने निर्णय गरेको हो।
यो नयाँ नियम भोलि चैत ७ गते बिहीबारबाट दोस्रो बजारमा कार्यान्वयनमा आउनेछ। अब नियमित कारोबारसत्रमा दिउँसो २ः४५ देखि ३ बजेसम्म कायम सेयरमूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम हुने नेप्सेले जनाएको छ।
उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेले स्पष्ट पारेको छ।
Comment