सेयर बजार दोहोरो अंकले घट्याे, काराेबार रकम ५ अर्ब १४ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

सेयर बजार दोहोरो अंकले घट्याे, काराेबार रकम ५ अर्ब १४ करोड माथि



काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा पुगेर बन्द भएको हाे । आज सेन्सेटिभ इण्डेक्स २.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

आज ५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १८३ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको ९५ करोड ८३ लाख ८२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ। यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एनआरएनको २३ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीले १७ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक आज सर्वाधिक १.५३ प्रतिशत घटेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत घटेको छ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था, गरिमा समृद्धि योजनाका इकाईधनी र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : 19 March, 2025 3:31 pm