वाणिज्य बैंकहरुकाे निक्षेप र कर्जा दुवै बढ्याे, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य बैंकहरुकाे निक्षेप र कर्जा दुवै बढ्याे, कुनकाे कति ?



काठमाडौं। चालु आर्थिक वर्ष फागुन महिनामा वाणिज्य बैंकहरुले निक्षेप र कर्जा दुवै बढाएका छन्। फागुनमा वाणिज्य बैंकहरुले कर्जा २२ अर्ब ७४ करोड र निक्षेप ४० अर्ब रुपैयाँ बढाएका हुन्।

फागुनमा १५ बैंकले कर्जा लगानी बढाउदा पाँच बैंकको भने खुम्चिएको छ। राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ६७ करोड रुपैयाँ कर्जा बढाएको छ। त्यसैगरी, एभरेष्टले ३ अर्ब २६ करोड, लक्ष्मी सनराइजले ३ अर्ब ११ करोड र नबिलले २ अर्ब ५६ करोड रुपैयाँ लगानी बढाएका छन्। फागुनमा ग्लोबल आइएमई, एनआईसी एसिया, कुमारी, स्टान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकको कर्जा लगानी भने खुम्चिएको छ।

फागुन महिनामा वाणिज्य बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमध्ये ६ अर्ब ८० करोड रुपैयाँ एभरेष्ट बैंकमा थपिएको हो। एनएमबि बैंकले ५ अर्ब ८० करोड, नेपाल बैंकले ५ अर्ब ७० करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब रुपैयाँ निक्षेप बढाएका छन्।

१५ बैंकमा निक्षेप थपिंदा ५ बैंकमा भने घटेको छ। कृषि विकास, कुमारी, माछापुच्छ्रे, एनआईसी एसिया र नेपाल एसबिआइ बैंकको निक्षेप खुम्चिएको हो।

प्रकाशित : ३ चैत्र २०८१, सोमबार १८:५७