बजार दोहोरो अंकले घट्याे, कारोबार रकम ५ अर्ब ४० करोडमा खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बजार दोहोरो अंकले घट्याे, कारोबार रकम ५ अर्ब ४० करोडमा खुम्चियो



काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा पुगेर रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ।

आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४० करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन्

प्रकाशित : ३ चैत्र २०८१, सोमबार १५:२४