मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, विशेष साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, विशेष साधारण सभा आह्वान



काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ। कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २३ गते काठमाडौंको धुम्बाराहीमा रहेको रामदा होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन भएपश्चात सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओ जारी गरेपश्चात प्राप्त हुने पूँजीको उपयोग र अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभामा नियमनकारी निकायबाट कुनै विषयमा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित हुनेछ ।

प्रकाशित : ३ चैत्र २०८१, सोमबार १३:५५