दाेहाेराे अंकले घट्याे सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दाेहाेराे अंकले घट्याे सेयर बजार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा पुगेर रोकिएको छ । आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३१६ कम्पनीको एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा छ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकले ३७ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । घलेम्दीm हाइड्रोको ३६ करोड ९४लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकले गुमाएका छन् ।

प्रकाशित : २ चैत्र २०८१, आईतवार १५:१९