आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्री वितरण हुने निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०८१, आईतवार १०:०५