सेयर बजार दोहोरो अंकले बढ्दा, कारोबार रकम आठ अर्ब २३ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

सेयर बजार दोहोरो अंकले बढ्दा, कारोबार रकम आठ अर्ब २३ करोड माथि



काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । लगातार ६ दिनदेखि घटिरहेको बजार आज १७.२८ अंकले बढेर २७३६.४८ को विन्दुमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स अंक २.५५ बढेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।

आज १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयरमूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको दुई करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब २३ करोड माथिको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको संस्थापक सेयर किनबेच भएको छ । आज यस बैंकको ८१ करोड ३६ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ४ लाख रुपैयाँ र एनआरएनको ४९ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : 12 March, 2025 3:32 pm