सेयर बजार ओरालाे लाग्ने क्रम जारी, एक कम्पनीकाे सेयरमुल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ओरालाे लाग्ने क्रम जारी, एक कम्पनीकाे सेयरमुल्यमा सकारात्मक सर्किट



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३२.२१ अंक घटेर २७१९.२० विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

आज ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन सोमबार आठ अर्ब ३७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०३ कम्पनीको आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको एक करोड ५५ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ६५ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ५३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको ४३ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

आज महालक्ष्मी विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि उच्च अंकले बढेको छ। कारोबारमा आएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक घटेको छ।

प्रकाशित : 11 March, 2025 3:24 pm