सेयर बजारमा दोहोरो अंककाे गिरावट, करिब १३ अर्बकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंककाे गिरावट, करिब १३ अर्बकाे काराेबार



काठमाडौं । मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ३०.३६ अंकले घटेर २८४६.३० को विन्दुमा पुगेर रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ५.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक घटेको छ।

आज ४१ कम्पनीको सेयर भाउ बढेको छ भने १९८ कम्पनीको सेयर भाउ घटेको छ। आज नेप्सेमा ३१८ कम्पनीको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड माथिको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको एक अर्ब नौं करोडको सेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ६४ करोड २५ लाख रुपैयाँ र सिन्धु विकास बैंकको ४७ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा १३ वटै उपसमूहको परिसूचक घटेर राताम्मे भएको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६६ प्रतिशत र युनिभर्सल पावरका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित : २० फाल्गुन २०८१, मंगलवार १५:३३