होप भ्याली स्कोलर्स एकेडेमीले मनायो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

होप भ्याली स्कोलर्स एकेडेमीले मनायो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस



काठमाडाैं । ललितपुर इमाडाेलमा रहेकाे होप भ्याली स्कोलर्स एकेडेमीले १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन निजि तथा आवसिय बिघालय अर्गनाइजेशन नेपाल (प्याबसन) बागमती प्रदेशका अध्यक्ष मुरारी प्रकाश सञ्जेलले गरे ।

कार्यक्रममा बोल्दै सञ्जेलले अभिभावकले शुल्क तिरेर मात्र विद्यार्थी प्रतिको दायित्व पुरा भयो भनेर सम्झनु गलत हुने बताए । शिक्षाको गुणात्मक विकासका लागि अभिभावको भूमिका महत्वपूर्ण भएकाले त्यस तर्फ ध्यान दिन अभिभावकलाई आग्रह गरेका छन् ।

उनले शिक्षाको समग्र विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको समान दायित्व भएपनि शिक्षक विद्यार्थीको पठन पाठन प्रति निगरानी बढाउने कार्यमा अभिभावक क्रियाशिल हुनुपर्ने बताए ।

होप भ्याली स्कोलर्स एकेडेमीका प्राचार्य गणेश निराैलाले विद्यालयले वैज्ञानिक शिक्षा पद्धतीलाई आत्मसाथ गर्नु आजको आवश्यकता भएको बताए । विद्यालयलाई परिवारको रुपमा लिनु आवश्यक रहेको बताए ।

उनले भने, ‘विद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको मागअनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्धतीअनुसार स्कुल अघि बढ्ने कुरामा हामी प्रतिवद्ध छौँ ।’

ललितपुर जिल्लामा नै न्यूनतम् शुल्कमा विद्यालय सञ्चालन गर्दै आएको बताउदै निराैलाले मंहङ्गो शुल्क लिनु भन्दा गुणस्तरिय शिक्षा पहिलो प्रथामिकता रहेको बताए । ‘शर्वसुलभ शुल्कमा गुणस्तरिय शिक्षा दिनु हाम्रो प्रयास हो उनले भने । ‘

अभिभावकको आड र भरोसाका कारण १८ बर्षे यात्र पार गरेको धारणा निराैलाले राख्दै निराैलाले मन्टेश्वरी भन्दा अब्बल शिक्षा दिनु विद्यालयको मुल उद्देश्य रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शिक्षा क्षेत्रमा निजि क्षेत्रले गरेको सहयोग अतुलनिय रहेको बताए । शिक्षा क्षेत्रको सुधार र विकास दुवै जरुरी रहेको बताउदै अध्यक्ष लिङदेनले विद्यार्थीको भविष्य सुधारका लागि शिक्षक र अभिभावकको योगदान बराबर हुने भएकाले हातेमालो हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा अभिभावकको उल्लेख्य उपस्थितिमाझ विद्यार्थीले रचनात्मक नृत्य, गीत, प्रहसन मार्फत आ–आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए नर्सरी देखि कक्षा १० सम्मका कक्षाहरू सञ्चालन गर्दै आएको विद्यालयमा हाल ८ सय र भन्दा बढी विद्यार्थी अध्ययरत रहेका र ५० जना शिक्षक कार्यरत रहेका छन्

प्रकाशित : १६ फाल्गुन २०८१, शुक्रबार १८:४३