ललितपुर । श्रीपञ्चमीको अवसरमा ललितपुर इमाडाेलमा रहेकाे होप भ्याली स्कोलर्स एकेडेमीले सोमबार सरस्वती पुजा तथा अक्षर आराम्भ कार्यक्रमको आयोजना गरेको छ ।

एकेडेमीले विद्यार्थी, अविभावक र अन्य आगन्तुकहरूकाे सहभागितामा सरस्वती देवीको पूजा ,प्रसाद ग्रहण तथा वितरण गरी श्री पञ्चमी मनाएकाे हाे । साना बाबु नानीहरुको लागि अक्षरआराम्भ कार्यक्रमको आयोजना गरिएको स्कुलले जनाएको छ ।
होप भ्याली स्कोलर्स एकेडेमीका प्राचार्य गणेश निराैलाले विहान ८ वजेदेखि स्कुल परिसरमा सरस्वती पुजाको आयोजना गरिएको जानकारी दिए।

सरस्वती पुजा लगत्तै विद्यालयमा आएका नयाँ बालबालिकाहरुका लागि डे केयर, प्ले ग्रुप र नर्सरीमा अक्षर आराम्भ कार्यक्रम समेत गरिएको जानकारी दिए।
शिक्षाक्षेत्रको जग बलियो बनाएर बालबालिकाहरुलाई राम्रो पढाएर सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यले स्थापना भएको होप भ्यालील ेसहज रुपमा भयरहित तथा व्यावहारमा आधारित शिक्षा प्रदान गर्दै दिनरात खटिरहने सृजनशील र अध्ययनशील शिक्षकहरुको शिक्षणले नै राम्रो नतिजा हासिल गरेर अघि बढन सफल भएको निराैलाले बताए ।

ललितपुरकाे महालक्ष्मी २ रहेकाे साे एकेडेमीमा विद्यार्थीहरुको चाप हरेक वर्ष बढ्दै गएको छ ।
होप भ्याल्ली स्कोलर्स एकेडेमी बालमैत्री तथा वातावरण मैत्री विद्यालय समेत हो ।






















Comment