काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २२ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन एक लाख ६८ हजार १ सय रुपैयाँमा कायम भएको छ। हिजो प्रतितोला छापावाल सुन एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा एक हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।





Comment