नेशनल लाईफको ३८ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेशनल लाईफको ३८ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।

बार्षिकोत्सवमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग गरेको छ । त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा विभिन्न सहयोग गरेको बताएको छ।

कम्पनीले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शारीरिक तथा मानसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता गरेको छ । जस अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरेको छ ।

बार्षिकोत्सवमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रकाशित : १६ फाल्गुन २०८१, शुक्रबार १२:१५