नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३.२७ गुणा बढी आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३.२७ गुणा बढी आवेदन



काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा आवेदन परेको छ। सीडीएससीको तथ्यांकअनुसार अन्तिम दिनसम्ममा कम्पनीका आईपीओमा १९ लाख ९७७ आवेदकहरुबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ता सेयर माग भएको छ ।

यस हिसाबले यो कम्पनीको सेयरमा करिब १७ लाख आवेदकको हाल खाली हुने भएको छ । कम्पनीले गत फागुन ११ गतेदेखि सर्वसाधरणहरुको लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।

प्रकाशित : १५ फाल्गुन २०८१, बिहीबार १८:३६