नेप्से परिसूचक ७.१३ अंकले बढ्याे, नौं अर्ब ८० करोड माथिको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ७.१३ अंकले बढ्याे, नौं अर्ब ८० करोड माथिको कारोबार



काठमाडौं । मंगलबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ को विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ।

आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३१२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा नौं अर्ब ८० करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ। आज यस कम्पनीको एक अर्ब दुई करोड माथिको सेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ८३ करोेड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एचआइडीसीएलको २९ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेपाल ल्युब ओयल, सपोर्ट माइक्रोफाइनान्सको सेयर पनि उच्च अंकले बढेको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । १३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक २.९० प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने आज सर्वाधिक २.५१ प्रतिशत घटेको छ।

प्रकाशित : १३ फाल्गुन २०८१, मंगलवार १५:३३