काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार हिमालयन डिष्टिलरी र डेप्रोक्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा हिमालयन डिष्टिलरीको ४० लाख ८ हजार ७८४.९७ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
यस्तै, डिप्रोक्स लघुवित्तको पनि १६ लाख २० हजार ८८७.१३ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृतसँगै सम्बन्धित सेयरधनीहरुले हितग्राही खाताबाट अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।





Comment