एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै, कति पाइन्छ ब्याज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै, कति पाइन्छ ब्याज ?



काठमाडौं । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गर्न लागेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।

यस ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने चैत ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : 23 February, 2025 12:38 pm