काठमाडौं । नेपालको पहिलो टोस्टमास्टर्स क्लब काठमाडौं टोस्टमास्टर्स क्लबले माघ २६ गते शनिबार ३४औं वार्षिकोत्सव मनाएको छ ।
काठमाडौं ठमेलमा रहेको फेयरफिल्ड म्यारियट होटलमा भएको काठमाडौं टोस्टमास्टर्स क्लबको ३४औं वार्षिकोत्सव समारोहमा करिब १०० जनाको सहभागीता भएको थियो ।
‘३४ इयर्स अफ म्याजिकः अ टोस्ट टु लर्निङ लिडरसीप लाफ्टर एण्ड लिगेसी’ थिममा सञ्चालन हुने वार्षिकोत्सवमा मुख्य वक्ताको रूपमा मिस नेपाल अर्थ २०२४ सुमना केसीको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा फिचर्ड वक्ताको रूपमा विशिष्ट टोस्टमास्टर रञ्जीत आचार्य, दिप्ती आचार्य, नेहा अमात्य, ईयुडेन कोइराला र जोन्सन् श्रेष्ठको उपस्थिति रहेको थियो । यस बाहेक कार्यक्रममा पूर्व अध्यक्षहरू तथा पदाधिकारी, उद्यमी, प्रोफेसनल लगायतहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा सिकाइ, नेटवर्किङ, गेम्स र मनोरञ्नात्मक लगायतका गतिविधि सञ्चालन भएका थिए । वार्षिकोत्सव समारोहलाई स्प्ल्यासनोड, द निम्तो, डेनारा लगायतले प्रायोजन गरेका थिए ।
सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबको स्थापना भएको थियो । दक्षिण एशियामै पुरानो टोस्टमास्टर्सको रूपमा समेत काठमाडौंलाई लिइन्छ ।
टोस्टमास्टर्स अमेरिकाबाट सुरू भएको गैरनाफामुलक संस्था हो । हाल विश्वका १५० देशमा फैलिएको छ । विश्वभर १४ हजार बढी टोस्टमास्टर्स क्लबहरू छन् । नेपालमा मात्रै ६० बढी क्लबहरू रहेका छन् ।
विशेष गरी सहयोगी र सकारात्मक वातावरणमा नेतृत्व कला तथा वक्तित्व कला सिक्ने सिकाउने थलोको रूपमा टोस्टमास्टर्स प्रख्यात छ ।
Comment