सानिमा रिलायन्सको ‘बिजनेश रिभ्यू मीटीङ्ग’, नयाँ प्रवृधिको प्रयोगसँगै व्यापार विस्तारमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा रिलायन्सको ‘बिजनेश रिभ्यू मीटीङ्ग’, नयाँ प्रवृधिको प्रयोगसँगै व्यापार विस्तारमा जोड



काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेश रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष रतन लाल केडियाले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए ।

आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा पुर्याउन परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

सोही अवसरमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनिको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए।

कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे । आफ्नो सफलता सुनिश्चित गर्न सिकेका कुराहरूलाई व्यवहारमा इमान्दारीता पूर्वक उतार्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा आव २०८१–८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरु, शाखा तथा उप–शाखाका प्रबन्धकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २३ माघ २०८१, बुधबार १४:१६